काठमाडौं ।भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।
भारत बाट पेट्रोल प्रतिलिटर १४ पैसा घटेर आएको छ भने डिजल २ रुपैयाँ १६ पैसा बढेर आएको छ । त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १६१ रुपैयाँ घटेर आएको छ ।
नेपाल आयल निगमलाई आईओसीले १५–१५ दिनमा इन्धनको नयाँ मूल्य सूची पठाउँदै आएको छ ।