काठमाडौं । काठमाडौं महानगरपालिकाले ललिता निवासका अनधिकृत संरचना हटाउन सात दिनको अल्टिमेटम दिएको छ । महानगरका प्रमुख बालेन शाहको निर्देशन पुगेको नगर प्रहरीले अल्टिमेटम दिएको हो ।
सात दिनको समय दिँदै सूचना टाँसेको काठमाण्डाै महानगर प्रहरी प्रमुख राजु पाण्डेले बताए ।
उनले सार्वजनिक जग्गा संरक्षणको जिम्मेवारी पालिकाको भएकाले महानगरको निर्देशन अनुसार जग्गा भित्र रहेका संरचना हटाउन निर्देशन दिएको र अटेर गरे महानगर प्रहरीले हटाउने बताए ।
ललिता निवास क्षेत्रलाई घेराबारका लागि पनि महानगरको प्राविधिक टोलीले तयारी गरिरहेको छ ।