काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहको शुल्कवृद्धि गरेको विरोधमा प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघका नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बाहिर प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहको शुल्क ४ लाख जति बढाएको छ । संस्थानले ३ लाख ३८ हजारबाट बढाएर ७ लाख ७५ हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ । यता त्यसविरुद्ध नेपाल विद्यार्थी संघ पुल्चोक क्याम्पस इकाइका सभापति अनशनमा बसेका छन् ।