काठमाडौं । सरकारले शिक्षकको सरुवाको अधिकार स्थानीय तहलाई दिने गरी तयार गरेको विधेयक दर्ता गरेको छ ।
आज संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयक मा सो ब्यवस्था ल्याइएको छ । स्थानीय तहले आफूअन्तरगतका एउटा विद्यालयबाट अर्को बिधालयमा शिक्षकको सरुवा गर्न सक्ने व्यवस्था विधेयकमा रहेको ।
यसरी सरुवा गर्दा आधारभूत तहको साधारण शिक्षकलाई समान पदको रिक्त पदमा र आधारभूत तहको विषयगत तथा माध्यमिक तहको शिक्षकलाई विषयगत रिक्त पदमा मात्र सरुवा गर्नुपर्नेछ ।