काठमाडौं । हेटौंडामा भएको चिकित्सक कुटपिट गर्ने लाई कार्वाहीको माग गर्दै नेपाल चिकित्सक सङ्घले आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।
सोही बमोजिम अहिले देशभरका अस्पतालका चिकित्सकहरु सेवा ठप्प पारेर अस्पताल अगाडि बिरोध गरिरहेका छन् ।
गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीका आफन्तहरूबाट भएको कुटपिटको घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ ।