काठमाडौँ। सरकार र आन्दोलनरत चिकित्सकबिच सहमति भएको छ। देशका विभिन्न जिल्लामा स्वास्थ्यकर्मी माथि कुटपिट को विरोधमा माइतिघरमा प्रदर्शन भैरहेको थियो ।
सुरक्षित कार्यस्थलको माग राख्दै आन्दोलन गरिरहेका स्वास्थ्यकर्मी सँग उपप्रधानमन्त्री एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा वार्ता सम्पन्न भएको छ । वार्तामा ६ बुँदे सहमति भएको हो।
सहमतिपत्रमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका निमित्त सचिव डा दिपेन्द्ररमण श्रेष्ठ र “स्वास्थकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति” का संयोजक डा शेषराज घिमिरेले हस्ताक्षर गरेका छन ।