काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले तलब खुवाउन नसकेपछि वीर अस्पतालमा कार्यरत करारका कर्मचारी हटाएको बताएका छन ।
आज राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले कोभिड–१९ को बेला नियुक्त गरिएका कर्मचारीहरुलाई तलब दिन नसक्ने अवस्था रहेको बताए ।
स्वास्थ्यमन्त्री बस्नेतको निर्देशनमा वीर अस्पतालमा कार्यरत २७६ जना करारका कर्मचारीको करार म्याद थप गरिएको छ्ैन ।
‘अर्थ मन्त्रालयको एक अर्ब २३ करोड रुपैयाँ फाजिलमा खर्च भएको छ । प्रधानमन्त्री ज्यूको निर्देशनमा यो बाँड्ने काम भएको हो’ उनले भने, सधैंभरी फाजिलका लागि बाँड्नसक्ने अवस्था भएन ।’