काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोह पुस २ गते हुने भएको छ। आज एक सूचना प्रकाशित गर्दै त्रिविले यस वर्षको दीक्षान्त समारोह पुस २ गते हुने जानकारी दिएको हो ।
त्रिविले दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीहरूलाई दशरथ रङ्गशालामा पुस २ गते बिहान ८ बजेदेखि १० बजेभित्र समारोहस्थलमा प्रवेश गरिसक्न भनेको छ।