काठमाडौँ। छिमेकी मुलुकमा भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट देखापरेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा सजकता अपनाउन आग्रह गरेको छ ।
भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट जेएन–१ फैलिरहेकाले नेपालमा पनि फैलिनसक्ने भएकाले मन्त्रालयले एक सूचना जारी गर्दै चसजकता अपनाउन आग्रह गरेको हो । भीडभाड हुने स्थान जस्तै मेला, भोज, पार्टीलगायतमा मास्कको प्रयोग गर्नहुनु, भौतिक दुरी कायम राख्नहुन र हातको सरसफाइमा ध्यान दिन सबैलाई मन्त्रालयले अनुरोध गरेको छ ।
मन्त्रालयका अनुसार हाल सम्म नेपालमा अणुवाङ्शिक अध्ययन गर्दा उक्त नयाँ भेरियन्ट पुष्टि नभएको बताए ।