काठमाडौँ । भारतीय विदेशमन्त्री डा एस जयशंकरले त्रिवि केन्द्रीय पुस्तकालय उद्घाटन गरेका छन्।
भारतीय सहयोगमा निर्मित तीन तले पुस्तकालय भवनमा दुई हजार विद्यार्थीले अध्ययन गर्न सक्ने छन । त्रिवि केन्द्रीय पुस्तकालयका कार्यकारी निर्देशक सागरराज सुवेदीका अनुसार तीन तल्ला नयाँ भवन अपाङ्गमैत्री तथा लिफ्टलगायतका सुविधासमेत छन ।
नेपाल-भारत संयुक्त आयोगको बैठकमा भाग लिन भारतीय विदेशमन्त्री बिहिवार नेपाल आएका थिए ।