काठमाडौं। त्रिभूवन विश्वविद्यालयले उपकुलपति नियुक्ति प्रक्रिया रद्ध गरेको छ ।
उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले सूचना जारी गर्दै दरखास्त आह्वान रद्ध भएको जनाएको हो ।
समितिले यही पुस २० गते शुक्रबार सूचना जारी गर्दै उपकुलपतिका लागि दरखास्त आह्वान गरेको थियो । सूचनामा उल्लेख गरिएको प्रावधानबारे विवाद भएपछि रद्भ गरिएको हो ।