२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले रिक्त उपकुलपतिमा नियुक्तिका लागि दोस्रो पटक दरखास्त आह्वान गरेको छ ।

समितिले यसअघि पहिलो पटक पुस २० गते सार्वजनिक सूचनामार्फत उपकुलपतिमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको थियो । तर नियुक्तिको लागी मापदण्ड नमिलेको भन्दै चर्को विरोध भ​एको थियो । चर्को विरोध भ​ए पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुचना रद्द गर्न निर्देशन दिएका थिए ।

Vivo Y28
Daraz

प्रधानमन्त्रीको निर्देशन पछि आइतबार नै अर्को बैठक बसेर समितिले दोस्रो पटक दरखास्त आह्वान गरेको हो । कस्ता व्यक्तिले उपकुलपतिका लागि दरखास्त दिन पाउने छन भन्ने विषयमा समितिले सूचनामा केही पनि खुलाएको छैन तर उपकुलपतिका लागि इच्छुक व्यक्तिले ‘त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८०’ बमोजिम दरखास्त दिन भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।