२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

बारा । बारा प्रहरीले १४ लाख मुल्य बराबरको भन्सार छलीका समान बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय निजगढ बाट खटिएको प्रहरी टोलिले निजगढ नगरपालिका वडा नम्बर ९ शहित चोक मा प्र ०३ ००१ ख २७९२ नम्बरको यात्रु बस चेक जाँच गर्दा ५० हजार को कपडा बरामद गरेको हो । बिल भरपाइ नभएको कपडाहरु भएकोले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रब्क्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन् ।

Vivo Y28
Daraz

त्यस्तै प्रहरी चौकी मटिअर्वा बाट खटिएको प्रहरी टोलिले कलैया उपमहानगरपालिका वडा नम्बर १० बाट भन्सार छलीका ८ हजार मुल्यको एक सय किलो प्याज नियन्त्रणमा लिएको छ । प्रहरी चौकी कचोर्वा बाट खटिएको प्रहरी टोलिले कचोर्वा बाट भन्सार छलीका १६ हजार मुल्य बराबरको २ सय किलो चिनी बरामद भएको छ ।

प्रहरी चौकी मुसहर्वा बाट खटिएको प्रहरी टोलिले विश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वा बाट ना.४ त १९०६ नम्बर को ट्याक्टरमा ८ लाख २२ हजार मुल्यको मकै नियन्त्रणमा लिएको छ । प्रहरी नायब उपरीक्षक न्यौपानेका अनुसार उक्त मकै लोड भएको ट्याक्टर चालक सं कुनै पनि बिल भरपाई नभएकोले नियन्त्रणमा लिएको हो ।

त्यस्तै अस्थायी प्रहरी पोष्ट बेनौली बाट खटिएको प्रहरी टोलिले देवताल गाउँपालिका ६ बाट भन्सार छलीका १२ हजार मुल्य बराबरको मोबिल २० लिटर र काठमा लगाउने रंग ६ लिटर बरामद गरेको हो । बरामद भएको समानलाई नियन्त्रणमा लिएर आवस्यक प्रक्रिया अगाडि बढाइएको प्रब्क्ता न्यौपानेले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।