२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं ।  नेपाली बजारमा रेड्मी नोट १३ सिरिज सार्वजनिक भएको छ । शाओमीले काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै रेड्मी नोट १३ सिरिज सार्वजनिक गरेको हो ।

सिरिज अन्तर्गतका रेड्मी नोट १३ प्रो+ फाइभजी, रेड्मी नोट १३ प्रो,  रेड्मी नोट १३ नेपाल भित्र्याएको हो ।
कम्पनीका अनुसार यी तीनै मोडेलमा शक्तिशाली प्रोसेसर र उच्च –स्तरीय क्यामराको नयाँ अनुभव पाउने सकिने छ ।

Vivo Y28
Daraz

कम्पनीका अनुसार रेड्मी १३ सिरिजमार्फत नयाँ स्टाइल, पर्फर्मेन्स र इनोभेसन प्रदान गर्दै शाओमीले नेपाली बजारमा उच्च गुणस्तरीय प्रविधि प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिइएको छ ।

रेड्मी नोट १३ प्रो+ फाइभजी डिजाइन
कम्पनीका अनुसार रेड्मी नोट १३ प्रो+ फाइभजीमा स्टाइलिस  डिजाइन, ८.९ एमएम मोटाई र २०४.५ ग्राम तौल छ । फोनमा ६.६७ इन्चको क्रिस्टल रेस एमोलेड कर्भ १.५ के डिस्प्लेमा २७१२/१२२० को रिजोल्युसन र १२० हर्जको रिफ्रेस रेट रहेको छ ।  आईपी ६८ डस्ट र वाटर रेसिस्टेन्स रेटिङको रेड्मी नोट १३ प्रो+ फाइभ जी स्टाइलिससँगै टिकाउ रहेको कम्पनीको दाबी छ ।

पर्फर्मेन्स र क्यामेरा 
रेड्मी नोट १३ प्रो+ फाइभ जीमा रहेको मिडियाटेक डाइमेन्सिटी ७२०० अल्ट्रा चिपसेट र ४ एनएम अक्टा–कोर प्रोसेसर रहेको छ । यसले फास्ट पर्फर्मेन्स दिने बताइएको छ ।

रेड्मी नोट १३ प्रो+ फाइभ जीको मुख्य क्यामरा २०० मेगापिक्सेलको रहेको छ । फोनमा आठ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामरा र दुई मेगापिक्सेलको म्याक्रो क्यामरा छ । १६ मेगापिक्सेलको फ्रन्ट क्यामेराले आकर्षक सेल्फी निकाल्ने ओआईएस, शाओमी प्रो कट र शाओमी इमेजिङ सिस्टमले मोबाइल फोटोग्राफीको परिभाषा नै परिवर्तन गर्ने कम्पनीले जनाएको छ  । रेड्मी नोट १३ प्रो+ फाइभ जीमा ५००० एमएचको ब्याट्री रहेको छ । फानेमा १२० वाटको हाइपरचार्जरले तीव्र चार्जिङ हुने कम्पनीको भनाइ छ । डुअल स्टेरियो स्पिकर र डल्बी एटमससँगै फोनमा इन स्कृन फिङगर प्रिन्ट पनि छ ।

रेड्मी नोट १३ प्रो स्टाइलिस एमोलेड डिस्प्ले
रेड्मी नोट १३ प्रोमा ७.९८ एमएमको स्लिम डिजाइन र १८८ ग्राम तौल छ । फोनमा ६.६७ इञ्चको एमोलेड डिस्प्ले, २४००/१८०० को रिजोल्युसन र स्विफ्ट १२० हर्ज रिफ्रेस रेट छ । आईपी ५४ डस्ट र स्प्ल्याश रेसिस्टेन्सको फोनमा कोर्निङ गोरिल्ला ग्लास छ ।

चिपसेट र क्यामेरा
रेड्मी नोट १३ प्रो मिडिया टेक हेलियो अल्ट्रा चिपसेट रहेको छ । एन्ड्रोइड १३ मा आधारित फोनमा एमआईयूआई १४ छ ।

फोनमा २०० मेगापिक्सेलको मुख्य क्यामेरा छ । यस्तै आठ एमपी अल्ट्रा–वाइड क्यामेरा, दुई एमपीको म्याक्रो क्यामेरा र १६ एमपीको सेल्फी क्यामेरा उपलब्ध छ ।
५००० एमएच ब्याट्री रहेको फोनसँगै ६७ वाट इन–द–बक्स टर्बो फास्ट चार्जर मिल्छ । यसमा पनि डुअल स्पिकर, डल्बी एटमसको तथा इन स्किृन फिंगर प्रिन्ट उपलब्ध छ ।

रेड्मी नोट १३ 
७.९७ स्लिम डिस्प्ले रहेको रेड्मी नोट १३ को तौल १८८.५ ग्राम छ । फोनमा ६.६७ इञ्चको एमोलेड डिस्प्ले, २४००८/१०८० को रिजोलुसन र स्मुथ १२० हर्जको रिफ्रेस रेट छ । रेड्मी नोट १३ आईपी ५४ डस्ट र स्प्ल्याश रेसिस्टेन्स छ । स्न्यापड्रागन ६८५ चिपसेट राखिएको छ भने एन्ड्रोइड १३ र एमआइयूआई १४ समावेश छ ।
फोनमा १०८ मेगापिक्सेलको मुख्य क्यामेरा छ । यस्तै, आठ एमपीको अल्ट्रा–वाइड क्यामेरा र दुई एमपीको म्याक्रो क्यामेरासँगै १६ एमपीको सेल्फी क्यामेरा छ ।
५००० एमएचको ब्याट्री रहेको फोनसँगै ३३ वाटको फास्ट चार्जर मिल्छ । डुअल स्पिकर, डल्बी एटमस र इन–स्क्रिन फिंगर प्रिन्ट सेन्सर सिरिजको बेस मोडलमा पनि उपलब्ध छ ।

मूल्य र अफर
सिरिजको सुरुआती फोन रेड्मी नोट १३ मिडनाइट ब्ल्याक, मिन्ट ग्रीन र आइस ब्लू कलरमा उपलब्ध छ । फोनको ६/१२८ जीबी भेरियन्टको मूल्य २४ हजार ९९९ रुपैयाँ र ८/२५६ जीबी भेरियन्टको मूल्य २७ हजार ९९९ रुपैयाँ छ ।

रेड्मी नोट १३ प्रो मिडनाइट ब्ल्याक, फरेस्ट ग्रीन र ल्याभेन्डर पर्पल कलरमा उपलब्ध छ । ८/२५६ जीबी भेरियन्टको मूल्य ३४ हजार ९९९ रुपैयाँ र १२/५१२ जीबी भेरियन्टको मूल्य ३९ हजार ९९९ रुपैयाँ छ ।

सिरिजको टप फोनका रुपमा रहेको रेड्मी नोट १३ प्रो+ फाइभ जी मिडनाइट ब्ल्याक, फरेस्ट ग्रीन र ल्याभेन्डर पर्पल कलरमा उपलब्ध छ । फोनको ८/२५६ जीबी भेरियन्टको मूल्य ४७ हजार ९९९ र १२/५१२ जीबी भेरियन्टको मूल्य ५२ हजार ९९९ रुपैयाँ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।