२०८१ आश्विन ३० | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले, मध्यपूर्व क्षेत्रमा २० नोभेम्बर २०२२ (२०७९ मंसिर ४) गतेदेखि कतारले आयोजना गरेको विश्वकप फुटबल व्यवस्थापनको प्रशंसा गरेका छन ।

आइतबार उनको कार्यकक्षमा शिष्टाचार भेटका लागि आएका नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अली अल अन्सारीसँगको कुराकानी गर्दै बालेनले भने, ‘विश्वकप खेल सञ्चालन गर्न कतारमा निर्माण गरिएको रंगशालाको अन्तर्राष्ट्रिय स्तरमा ख्याति रहेको छ ।’ खेलजस्तै नागरिकलाई तत्काल र प्रत्यक्ष लाभ पुग्ने खालका कार्यक्रमका लागि संयुक्त आयोजनामा कार्यक्रम गर्न सकिने मेयर बालेनले बताए ।

Vivo Y28
Daraz

त्यस क्रममा राजदूत अली अन्सारीले मेयर बालेनको कार्यशैलीको प्रशंसा गरे । उनले कतारको विकासमा नेपाली नागरिकको सहयोग रहेको उल्लेख गर्दै भने, ‘कतारमा धेरै नेपाली हुनुहुन्छ । उहाँहरूले हाम्रो विकासमा सघाइरहनु भएको छ । कतारियनहरु पनि नेपालको विकासका लागि लगानी गर्न इच्छुक हुनुहुन्छ ।’ भेटका क्रममा काठमाडौँ महानगरपालिका र दोहा नगर बिच भगिनी सम्बन्ध स्थापनाको सम्भावना, परस्पर हित र सहकार्यका विषयमा कुराकानी भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।