काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
सुन प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेर १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँ बढेर आज एक हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको छ ।