काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् ।
जनकपुर बोल्ट्सले मंगलबार सामाजिक सञ्जालमार्फत पुबुदुलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ ।
श्रीलंकाली मूलका क्यानेडियन प्रशिक्षक पुबुदु नेपाली राष्ट्रिय टोलीको पूर्व मुख्य प्रशिक्षकसमेत हुन् ।