काठमाडौँ । लमजुङमा जिप दुर्घटना भएको छ ।
लमजुङको सारिङबाट सदरमुकाम बेंशीशहर जाँदै गरेको ग १ ज ८५५१ नम्बरको जिप मकैडाँडा मोडमा दुर्घटना हुँदा २२ जना घाइते भएका छन ।
घाइतेहरूमध्ये ५ जनाको अवस्था गम्भिर छ । बाँकी सामान्य उपचापछि घर फर्किएको प्रहरीले जानकारी दिएको छ ।
टाउकोमा चोट लागेका पाँच जना घाइतेहरूलाई चितवनको भरतपुर पठाइएको प्रहरीले जानकारी दिएको छ ।