काठमाडौँ । चितवनको रत्ननगर नगरपालिका–३ शान्तिचोकमा मोटरसाइकल र स्कुटर एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–१ बस्ने वर्ष २१ को दीपेश चौधरी रहेको प्रहरीले जनाएको छ ।
खैरहनीबाट टाँडीतर्फ आउँदै गरेको ना ४६ प ८२४८ नम्बरको मोटरसाइकल र टाँडीबाट खैरहनीतर्फ जाँदै गरेको ना ५६ प ९१६९ नम्बरको स्कुटर एकापसमा ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनामा स्कुटर चालक चौधरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।