काठमाडौँ । मनकामना केबलकार असोज २९, ३० र कात्तिक १ गते बन्द रहने भएको छ ।
मर्मत सम्भारका साथै केबलकारको लठ्ठासमेत छोट्याउने कामका लागि असोज २९, ३० र कात्तिक १ गतेसम्म तीन दिन बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले बताएका छ्न ।
केबलकार यसअघि विजया दशमीको दिन असोज २६ गते र एकादशीको दिन २७ गते दुई दिन पनि बन्द थियो ।