२०८१ आश्विन ३० | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज नयाँ कार्य प्राप्तिको योग छ । आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । काम गर्ने उत्साह र हौसला पनि मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । मित्रबाट विशेष सहयोग मिल्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । नजिकै घुम्न पनि पाइनेछ ।

Vivo Y28
Daraz

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) गरेको काममा ढिलासुस्ती हुनेछ । विचार गरेर निर्णय लिनु उचित होला । आर्थिक तनाव बढेको महसुस हुनेछ, तर साँझमा मन प्रसन्न रहला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । दाम्पत्य सम्बन्ध बलियो र सुदृढ हुनेछ । वित्तिय संस्थाबाट सहयोग पनि पाइनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । पारिवारिक सद्भाव बढ्नेछ, तर शेयर बजारमा भने नोक्सानी नै रहला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । यात्रा गर्दा पनि सचेत हुनुपर्छ, तर साँझमा भने कुनै कुराले मन खुसी हुन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्नेछ । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । रोजगारको अवसर पनि मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । आम्दानी बढाउने काम सुचारु गर्न सकिनेछ । सफल यात्राको योग पनि छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफ्नो विचार विपरित निर्णय हुनेछ । साझेदारीको काममा उल्झन आउनेछ । प्रेममा मनमुटाव आउन सक्छ, तर स्वादिष्ट भोजनको अवसर मिल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।