काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले माल्दिभ्ससँग खेल्दै छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई टोलीबीचको खेल आज साँझ साढे ५ बजे देखि सुरु हुने छ ।
समूह ‘बी’ मा रहेका दुबै टोलीले आ–आफ्ना एक–एक खेल खेलिसकेका छन । पहिलो खेलमा नेपालले भुटानसँग गोलरहित बराबरीमा रोकिँदा माल्दिभ्स श्रीलंकासँग १–० ले पराजित भएको छ ।
आजको खेल नेपालका लागि सेमिफाइनल पुग्नका लागि जित्नै पर्ने दबाब छ ।