काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने पक्राउको विरोधमा आज पनि प्रदर्शन भैरहेको छ ।
राजनीतिक प्रतिशोधका आधारमा लामिछानेलाई पक्राउ गरेको भन्दै रास्वपाले पोखराको पृथ्वी चोकमा प्रदर्शन गरिरहेको छ । उता चितवनमा पनि प्रदर्शन भैरहेको छ । प्रदर्शनमा सहभागीहरूले सहकारी पीडितलाई न्याय दे, माफियाहरूलाई कारबाही गर, भ्रष्ट सरकार मुर्दावाद लगायतका नारा लगाएका छन ।
लामिछाने शुक्रबार आफ्नै पार्टी कार्यालय बाट पक्राउ परेका थिए । प्रहरीले आइतबार अदालत समक्ष लामिछानेलाई उपस्थित गराएको थियो । अदालतमा भएको थुनछेक बहसपछि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दइएको छ ।