काठमाडौँ। सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतकहरूसँग संयुक्त छलफल गर्ने भएका छन । छलफल बिहान साढे ११ बजे सभामुखको कार्यालयमा सुरु हुनेछ ।
सभामुखले घिमिरेले संसदको आगामी अधिवेशनमा बिजनेसको अभाव हुन नदिने उद्देश्यले समितिका सभापतिहरू र प्रमुख दलका प्रमुख सचेतकहरूलाई छलफलमा बोलाएको सभामुखको सचिवालयले जनाएको छ ।