काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल सोमबार राति अमेरिकाको वासिङटन डिसीतर्फ प्रस्थान गरेका छन ।
विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा भाग लिन वासिङटन डिसीतर्फ प्रस्थान गरेका हुन ।
अर्थमन्त्री पौडेल कात्तिक दोस्रो साता स्वदेश फर्किने कार्यक्रम छ ।