काठमाडौँ । तिहारको बिदामा पनि सर्वोच्च अदालत खुला हुने भएको छ ।
तिहार पर्वको बिदामा शनिबार र भाइटीकाबाहेक अरू दिन बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्न बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको छ ।
“दीपावली, २०८१ को उपलक्ष्यमा कात्तिक १५ देखि १९ गतेसम्म सर्वोच्च अदालत बन्द रहने हुँदा न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने भाइटीका र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहनेछ ।” सूचनामा उल्लेख छ ।