काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्षको तिहारमा साढे १९ करोड रुपैयाँभन्दा बढी मूल्यका सुन र चाँदीका सिक्का बिक्री गरेको छ । राष्ट्र बैंकले कात्तिक ११ देखि १४ गतेसम्म बबरमहलस्थित टक्सार विभागमार्फत बिक्री गरेको थियो ।
राष्ट्र बैंकले यस वर्ष सुन अभावका कारण अघिल्ला वर्षजस्तो २.५, ५, र १० ग्रामका सिक्का नभई केवल २.५ ग्रामका सिक्का मात्र बिक्री गरेको थियो ।
सामान्य व्यक्तिका लागि एक थान मात्र बिक्री गरिएको असर्फीको माग उच्च रहेको थियो । कात्तिक १३ गते धनतेरसको दिन एक मात्र दिनका लागि मात्र सुनका सिक्का (असर्फी) १६ करोड १६ लाख ५३ हजार २५ रुपैयाँ बराबरका ४ हजार ३ सय ८५ थान असर्फी बिक्री भएका थिए ।