काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रयोगका लागि निषेध गरेको ३५ बोरा प्लास्टिकको माला बरामद गरेको छ ।
महानगरले तिहारमा प्लाष्टिकका फुल, माला बिक्रि बितरणमा रोक लगाएको थियो । तर महानगरको सुचनालाई अवज्ञा गर्दै बिक्रि बितरण गरेको पाइएकोले बरामद गरेको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिएका छ्न ।
महानगरले दिपावली, नेपाल संवत तथा छठ पर्वका अवसरमा कात्तिक १४ देखि १७ गतेसम्म चार दिनका लागि मल, मार्ट, पार्क, पार्टी प्यालेस, विजनेस सेन्टरहरुमा किसानलाई सहज होस भनेर निःशुल्क स्थान उपलब्ध गराएको छ ।
महानगरले स्वदेशी फूलमा ध्यान दिएको छ ।