काठमाडौँ । रकम ठगेको अभियोगमा दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा धादिङ गंगाजमुना गाउँपालिका-४ का सञ्जीव गुरुङ र सिन्धुपाल्चोक बलेफी गाउँपालिका-८ का गोकर्ण पराजुली रहेका छन ।
वैदेशिक रोजगारीमा दुबई पठाइदिने बहानामा गुरुङ र क्यानडामा अध्ययनरत विद्यार्थीको कलेज शुल्क दाखिला गरिदिने भनेर ठगेको अभियोगमा पराजुली पक्राउ परेका हुन ।
अभियुक्त गुरुङले दुबई पठाइदिन्छु भन्दै तीन जना पीडितबाट १९ लाख ७० हजार र पराजुलीले ८ लाख १७ हजार ठगेका थिए । अभियुक्तहरूलाई वैदेशिक रोजगार विभागसमक्ष पेस गरिएको प्रहरीले जनाएको छ ।