२०८१ कार्तिक २९ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

जनकपुरधाम । मधेश प्रदेश सरकारको भौतिक संरचना निर्माणका लागी जग्गा पहिचान, प्राप्ती तथा पूर्वाधार निर्माणका लागि गठित अध्ययन समितिले मुख्यमन्त्री लालबाबु राउतलाई आज आफनो प्रतिवेदक हस्तान्तरण गरेको छ ।

जनकपुरधामलाई स्थायी राजधानी घोषणागरि सकेपछि सरकारको मुख्य प्रशासनीक भवन लगायतका अन्य भौतिक संरचना निर्माणका लागि आवश्यक जग्गाको पहिचान तथा प्राप्तिका लागि प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादवको संयोजकत्वमा गठन गरेको समितिले सरोकारबालाहरु संगको छलफल पश्चात आफनो प्रतिवेदन मुख्यमन्त्री राउतलाई हस्तान्तरण गरेको छ ।

Vivo Y28

समितिले राजधानीको मुल संरचनाको लागी जचुकाली परिसरलाई नै मुख्यप्राथमिकतामा राखी राजधानी भित्रका अन्य सार्वजनिक तथा गुठी अधिनस्त जग्गाहरुलाई समेटेर प्रतिवेदन तयार पारेको समितिका संयोजक भौतिक पूर्वाधार विकास मन्त्री यादवले बताए । उहाँले जचुकाली परिसरलाई प्रशासनिक केन्द्र , चरण विकासको जग्गा तथा हाल प्रदेश सभा भवन रहेको क्षेत्रको जग्गामा आभाव क्षेत्र लगायतका अन्य संरचना निर्माणकालागि सिफारिस गरेको बताउनु भयो ।

प्रतिवेदन ग्रहण गर्दै मुख्यमन्त्री राउतले प्रतिवेदनलाई आउने मन्त्री परिषदको बैठकबाट स्वीकृति प्रदान गरि साउन पहिलो साता देखी नै जग्गा प्राप्तिको प्रक्रिया थालिने जानकारी गराउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।