काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो २ बजे बस्ने बैठकमा सरकारले नागरिकता विधेयक फिर्ता लिने तयारी गरेको छ ।
गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको थियो । सोही अनुसार आजको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने संभावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
हिजो पनि संभावित कार्यसूचीमा रहेको विधेयक फिर्ता लिने विषय अन्तिममा कार्यसूचीबाट हटाइएको थियो । २०७५ सालमा संसदमा पेश भएको विधेयक चार वर्षपछि सरकारले फिर्ता लिन लागेको हो ।