काठमाडौं । नेपालमा कोरोना संक्रमण बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा थप ५४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ९३० जनाको परिक्षण गर्दा ५४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ४२१ जना डिस्चार्ज भएका छन् । हाल सक्रिय संक्रमित ५ हजार २ सय ६५ रहेकोे मन्त्रालय ले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ९७ हजार ६ सय ५७ जनाले कोरोना विरुद्ध को खोप लगाएका छन् ।