२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । भिभोले दुई नयाँ मोडलहरू नेपालमा सार्वजनिक गरेको छ । कम्पनी ले भिभो को वाई सिरिज अन्तर्गत दुई नयाँ मोडलहरू वाई२२एस र वाई१६ शुक्रबार नेपालमा सार्वजनिक गरेको हो ।वाई२२एसमा स्न्याप ड्रेगन ६८० प्रोसेसर, ६जीवी र्‍याम र १२८ जीवी रोम रहेको छ जसले प्रयोगकर्ताहरूले बिना कुनै ढिलाइ एकै साथ धेरै एपहरू चलाउन सक्छन्। विस्तारित र्‍याम सुविधाले निष्क्रिय रोमको स्पेस प्रयोग गर्छ र रोमलाई पनि १टेराबाईटसम्म मेमोरी कार्डको साहयताले एक्सटेन्ड गर्न मिल्ने कम्पनीले जनाएको छ । वाई२२एस एआईपावर–सेभिङ टेक्नोलोजीको साथ बजारमा उपलब्ध छ यसमा ५०००एमएएच ब्याट्री र १८ वाट फास्ट चार्ज रहेको छ जसले दिनभर चार्ज टिक्छ।

यो ५०एमपी रियर क्यामेरामा ठूलो सेन्सरको साथ आउँछ र ८एमपी एचडी फ्रन्ट क्यामेरामा भिडियो फेस ब्युटी रहेको कम्पनीले जनाएको छ । त्यस्तै अर्को वाई१६ ले केही प्रभावशाली स्पेसिफिकेशनहरू, २.५डी कर्भेचर र फ्ल्याट फ्रेम ट्रेंडी डिजाइन प्रदान गर्दछ। वाई१६को एपिअरेन्स आकर्षक रहेको छ। यो स्मार्टफोन ४ जीवी र्‍याम र ६४जीवी रोम भेरियन्टमा उपलब्ध हुने कम्पनी ले जनाएको छ । कम्पनी का अनुसार वाई२२एस २७ हजार ९९९ रुपैयाँ मूल्यमा मिनिमा लिस्टिक आउटलुक त्यस्तै वाई१६ १९ हजार ९९९ रुपैयाँ कम्पनीले तोकेको छ ।

Vivo Y28
Daraz

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।