२०८१ भाद्र २३ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

बारा । कलैया उपमहानगरपालिका वडा नं. ६ मदर्सा टोलमा रहेको ग्यान सरोवर एकेडेमीको आयोजनामा बारा उद्योग बाणिज्य संघ कलैयाको सभाहलमा व्यक्तित्व विकास सम्बन्धि तालिम सम्पन्न भएको छ।

सो तालिम एकेडेमीका प्रमुख कार्यकारी अधिकृत प्रेम उपाध्यायको सभापतित्वमा सम्पन्न भएको थियो।

सो तालिममा एकेडेमीका कक्षा ४ , ५ र ६ मा अधययनरत रहेको सम्पूर्ण छात्रछात्राहरुको सहभागिता रहेको थियो। सम्पूर्ण छात्रछात्राहरुको चौतर्फी विकासको लागि सो तालिमको आयोजना गरिएको आयोजकले जानकारी गराएको छ।

तालिम पश्चात सम्पूर्ण छात्रछात्राहरुले आफूले सिकेका कुराहरू सबैको अगाडि गै प्रस्तुत गरेका थिए। सो तालिममा प्रशिक्षण एकेडेमीका अधिकृत उपाध्याय र प्राधानाध्यापक श्याम केशरीले दिएका थिए।

सो तालिममा सहभागिता प्रशासक राकेश गोसाई, शिक्षकहरु गीता भट्टराई, पूजा स्वर्णकार , चन्द्रशेखर चौधरी लगायतको रहेको थियो। सो तालिममा स्वागत मन्तव्य शिक्षक संदिप केशरीले र सञ्चालन शिक्षक उमाशंकर पासवानको रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।