२०८१ आश्विन ४ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

माघ १४ बारा । सिम्रौनगढ नगरपालिकाको सार्वजनिक पोखरीमा फेला परेको मूर्ति लुकाएर प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा स्थानीय एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी सिम्रौनगढको टोलीले सिम्रौनगढ नगरपालिका वडा नम्बर ५ कनकपुरका वर्ष ५० का नागेन्द्र महतोलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो । नागेन्द्रले गत माघ १० गते स्थानीय पजनिया पोखरीमा माछा मार्ने क्रममा फेला परेको गणेश भगवानको पत्थरको मूर्ति आफ्नो घरमा लगेर लुकाएको सूचना पाएपछि पुगेको टोलीमाथि अभद्र व्यवहार गर्दै हातपात गर्ने प्रयाससमेत गरेपछि उनीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको बारा प्रहरीले जनाएको छ ।

सिम्रौनगढ नगरपालिकाको स्वामित्वमा रहेको सो पोखरीको माछाको ठेक्का लिएका नागेन्द्रले स्थानीय मलाहाहरुमार्फत माछा मार्ने क्रममा जालमा परेर निस्किएको मूर्ति पहिले घरमा लगेर लुकाएको र प्रहरी पुगेपछि गाउँमै रहेको आफ्नी छोरी घरमा राखेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजेन्द्र थापाले जानकारी दिनुभयो । बिहान पोखरीमा फेला परेको सो मूर्ति प्रहरीले सोही रात १० बजे नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । पक्राउ परेका नागेन्द्रलाई जिल्ला प्रशासन कार्यालय बारामा बुझाएर ७ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको थापाले बताउनुभयो ।

भगवान गणेशको पूर्णकदको सेतो रंगको चम्किलो पत्थरबाट बनेको सो मूर्तिको दायाँतर्फको दुवै हात काटिएको पनि प्रत्यक्षदर्शीले बताएका छन् । अन्दाजी एक फिट लम्बाइ र एक फिट चौडाइ तथा सात किलो तौलको रहेको बताइएको छ ।

स्थानीयका अनुसार उक्त मूर्ति ऐतिहासिक र पुरातात्त्विक महत्त्वको भएको बताइएको छ । दिल्लीका तत्कालीन बादशाह ग्यासुदिन तुगलकले सन् १३५० मा सिम्रौनगढमा आक्रमण गर्ने क्रममा तोडफोड भएको अनुमान स्थानीयको छ । मध्यकालिन नेपालको तिरहुत राज्यको राजधानीको रुपमा रहेको सिम्रौंनगढ क्षेत्रमा यसअघि पनि प्राचिनकालिन मूर्ति र विभिन्न सामग्रीहरु फेला पर्दै आएकाछन ।

Vivo Y28

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।