२०८१ आश्विन ४ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

दैलेख – नेपालगञ्जबाट दैलेखका लागि ग्यास सिलिण्डर लिएर आउँदै गरेको ट्रक आज बिहान ९ बजेतिर दुर्घटना हुँदा चालकसहित तीन जनाको ज्यान गएको छ ।

भे १ क २२०१ नम्बरको ट्रक दैलेखको गुराँस गाउँपालिका–४ तालपोखरी मोडमा दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

Vivo Y28

घटनास्थल पुगेको अस्थायी चौकी तालपोखरीको टोलीले दिएको जानकारी अनुसार ज्यान जानेमा बाँके जिल्ला घर भएका चालक २९ वर्षीय कृष्ण चौधरी, ट्रकमा यात्रारत दाङ जिल्ला घर भएका दुई जना अन्दाजी १८ वर्षीय बिष्णु चौधरी र २७ वर्षका लछिराम चौधरी छन् । उनीहरुको शव क्षतविक्षत अवस्थामा रहेका छन् ।

ट्रक तालपोखरी झर्ने छोटो बाटो नजिक मोडमा ब्रेक फेल भइ माथिल्लो सडकबाट चिप्लिएर करिब २५ मीटर तल्लो सडकमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

ओरालो सकिएर मोडमै आइपुग्दा चालकले  ब्रेक  लागेन भनेपछि सहचालक सल्यानको कुपिण्डेदह गाउँपालिका–७ का २८ वर्षीय प्रकाश कुमाइले सडकमै हामफालेर ज्यान जोगाएको प्रहरीले जनाएको छ ।

मृतकहरु नेपालगगञ्जको मनकामना ग्यास कम्पनीमा कार्यरत कामदारहरु भएको बताइएको छ ।

ट्रक दुर्घटना हुन लागेको चाल पाएर हामफालेर ज्यान जोगाएका सहचालक कुमाइले मृतकहरुको जिल्ला र अन्दाजी उमेर बताएकोले उनीहरुको पहिचान खुल्न आएको अस्थायी चौकी तालपोखरीका इञ्चार्ज देबराज कठायतले बताउनुभयो ।

दुर्घटनाको कारण, घटनास्थलको अवस्था अनुसन्धान र मृतकहरुको शव उठाउन जिल्ला सदरमुकामबाट प्रहरी निरीक्षक दीपकसिंह बिष्टको नेतृत्वमा टोली घटनास्थलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिनुभयो ।

दैलेख–सुर्खेत ६५ किलोमीटर दूरीमध्ये तालपोखरी ठीक आधा दूरी अर्थात् सदरमुकामबाट ३२ किलोमीटर टाढा छ । दैलेखबाट नेपालगञ्जको दूरी एक सय ७१ किलोमीटर छ ।

प्रशासनिक कामले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आउजाउ बढी भए पनि दैलेखका व्यापारीहरुले सबैजसो मालसामान नेपालगञ्जबाट ल्याउने गर्छन् ।  -OK

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।