२०८१ आश्विन ३ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका अव्यवस्थित तार सेवाप्रदायक आफैँले निकाल्न थालेका छन् । सोमबार बिहानदेखि सबै सेवाप्रदायकको उपस्थितमा अव्यवस्थित तार हटाउन लागिएको हो ।

टेलिफोन, इन्टरनेटलगायत तार सडकछेउको पोलहरूमा अव्यवस्थित रूपमा रहँदा सहरी सुन्दरतामा ह्रास पुर्‍याएकाले व्यवस्थापन गर्न लागिएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

Vivo Y28

प्रयोगमा नआएको, गुजुल्टिएको, चुँडिएको र लत्रिएको तार हटाई व्यवस्थित गर्न लागिएको हो ।

काठमाडौंका माइतीघरदेखि एयरपोर्ट, त्रिपुरेश्वरदेखि महाराजगन्ज, न्युरोड–वसन्तपुर हुँदै असन, माइतीघर–पुतलीसडक हुँदै नारायणहिटी क्षेत्रलगायत स्थानका तार व्यवस्थित गरिने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।