२०८१ आश्विन ३ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार बिहान भैरहवा विमानस्थलमा दुर्घटनाबाट जोगिएको श्री एयरलाइन्सको जहाज उडानमा रोक लगाएको छ।

प्राधिकरणले दर्ता नम्बर ‘९एन–एएनई’ रहेको उक्त जहाजलाई उडानमा रोक लगाएको हो।

Vivo Y28

प्राधिकरणले सूचना जारी गर्दै श्रीको उक्त जहाज तत्कालका लागि सञ्चालनमा रोक लगाएको जनाएको छ।

जहाज सोमबार बिहान ९ बजेर ४० मा भैरहवा विमानस्थलबाट उडेको २० मिनेटमै अगाडिको पांग्रा (ल्यान्डिङ गियर) मा समस्या उत्पन्न भएपछि पुनः भैरहवा विमानस्थलमै आकस्मिक अवतरण गरिएको थियो।

जहाज, चालकदल र यात्रु सबै सुरक्षित रहेका थिए।

प्राधिकरणकाअनुसार श्रीको यही जहाजमा वैशाख २३ गते शनिबार पनि धनगढी विमानस्थलमा अगाडिको ल्यान्डिङ गियरमा समस्या देखिएको थियो।

यो जहाज उडानमा संलग्न इन्जिनियरहरूलाई पनि अर्को सूचना नआउन्जेल निलम्बन गरिएको छ।- Setopati

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।