काठमाडौं । नेपालबाट ४० मेगावाट बिजुली बङ्गलादेशले किन्ने भएको छ ।
नेपाल र बङ्गलादेश देशबीच भएको सचिवस्तरिय बैठकमा नेपालमा उत्पादित ४० मेगावाट बिजुली बङ्गलादेशले खरिद गर्ने सहमति भएको हो ।
दुई देश बीच विद्युत् व्यापारका लागि डेडिकेटेड प्रसारण लाइन निर्माण गर्ने विषयमा पनि छलफल भएको छ । नेपाल र बंगलादेश बीच ४० मेगावाट बिजुली परीक्षण स्वरूप लैजाने सहमति गत वर्ष भदौमा भएको थियो ।