हेटौंडा । हेटौँडामा जिपको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ।
हेटौँडा उपमहानगरपालिका–११ सिमलटारबाट हेटौँडातर्फ जादै गरेको बागमती प्रदेश ०३–००१च १५९७ नम्बरको जिपले ठक्कर दिँदा सिमलटारका २ वर्षीय समर लोको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्करबाट गम्भिर घाइते भएका उनको हेटौँडा अस्पतालमा मृत्यु भएको हो। प्रहरीले जिप चालकलाई पक्राउ गरेको छ