काठमाडौं । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई आज जिल्ला अदालत काठमाडौँमा उपस्थित गराउने भएको छ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने चाँजोपाँजो मिलाउँदै ठगी गरेको आरोपमा हालसम्म पुर्व मन्त्री द्वय टोपबहादुर रायमाझी र बालकृष्ण खाँण सहित १४ जना पक्राउ परेका छन् ।
पक्राउ परको एक हप्तामा प्रहरीले अनुसन्धान सकेर मुद्दा दर्ता गर्नुपर्ने हुन्छ, तर म्याद सकिएपनि अनुसन्धान नसकिएका कारण पुनःम्याद थपका लागि प्रहरीले अदालत पेस गर्न लागेको हो।