काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणा गरेको छ ।
रेशम चौधरीको मुद्दालाई राजनीतिक मुद्दा नबनाएर जन्मकैदको फैसला सदर भएको भन्दै पार्टीले आन्दोलनको चेतावनी दिएको हो ।
आज पत्रकार सम्मेलन गरी नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्दको घोषणा सार्वजनिक गरेको हो । जेठ ३ देखि ५ सम्म देशभर राँके जुलुस प्रदर्शन गर्ने जनाइएको छ।