२०८१ आश्विन ४ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । नक्कली नागरिकता प्रकरणमा सप्तरीको राजविराज नगरपालिका–११ का वडाध्यक्ष उदितनारायण यादव आज एक लाख रुपियाँ धरौटी राखी रिहा भएका छन् ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासले धरौटी मागेपछि वडाध्यक्ष यादव रु एक लाख धरौटी राखेर पुर्पक्षका लागि तारेखमा रिहा भएको अदालतले जनाएको छ । सरजमिन मुचुल्कामा बसेका सोही वडाका राधेश्याम यादव २५ हजार धरौटी राखी रिहा भएको सप्तरी जिल्ला अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले बताए ।

Vivo Y28

भारत घर भई राजविराजमा बस्दै आएका भारतीय नागरिक सतिश यादवलाई नेपाली नागरिकता बनाउन सिफारिस गर्ने वडाध्यक्ष, नागरिकता जारी गर्ने जिल्ला प्रशासन कार्यालय सप्तरीका अधिकृत, स्थलगत वस्तुस्थिति (सर्जमिन) गर्ने, गराउने प्रहरी, स्थानीयसहित २८ विरुद्ध मुद्दा दर्ता गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।