काठमाडौं । सरकारले नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभ्ने भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बताए ।
‘सार्वजनिक सेवा प्रशारकको स्थापना गरी यसको २ आर्थिक वर्षभित्र रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एक आपसमा गाभेर एकीकृत प्रशारण सेवाको आरम्भ गरिनेछ,’ राष्ट्रपतिले भने ।