राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध युवराज पौडेल (सफल)ले सर्वोच्च अदालतमा दर्ता गराउन दिएको रिट दरपिठ गर्ने आदेश बदर भएको छ ।
वैशाख २८ गते सर्वोच्च प्रशासनले रिट दरपिठ गरेपछि युवराजले दरपिठविरुद्ध जेठमा २ गते निवेदन दिएका थिए । उक्त निवेदनमाथि सुनुवाई गर्दै आज न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले रिट दरपिठ गर्ने आदेश बदर गरेको हो ।
युवराजले नेपाली नागरिकता पुनः प्राप्ति गर्दा प्रक्रिया पूरा नगरेकाले उनी सांसद रहन अयोग्य रहेको भन्दै सर्वोच्चमा रिट लिएर पुगेका थिए ।