काठमाडौं । कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन आजदेखि सुरु हुँदै छन् । आज दिउँसो ३ बजे बैठक बस्दै छ ।
कर्णाली प्रदेश सरकारको यही जेठ ४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार दोस्रो अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेको थियो ।
सोही सिफारिसअनुसार कर्णाली प्रदेशका प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम आज दिउँसो ३ बजे बैठक बस्ने गरी अधिवेशनको आह्वान गर्नुभएको हो ।पहिलो अधिवेशन गत वैशाख १७ गते अन्त्य भएको थियो ।