बारा । बारामा बाघको आक्रमण बाट एक महिला गम्भीर घाइते भएकी छन् ।
घाइते हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ बस्ने ३५ वर्षीय प्रमिला थिङ रहेको प्रहरीले जनाएको छ ।
महिलालाई घर नजिकैको जंगलमा बाघले आक्रमण गरेको हो । महिलाले ठुलो आवाजमा चिच्याउन थालेपछि स्थानीयले होहल्ला गर्दै बाघलाई लखेटेको स्थानीयले बताए ।
बाघको आक्रमण गर्दा उनको अनुहार, पेटलगायत शरीरको विभिन्न भागमा चोट लागेको छ । घाइते महिलाको वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भईरहेको छ ।