कञ्चनपुर । कञ्चनपुरमा मङ्गलबार राति आएको हावाहुरीबाट दुई मजदुर घाइते भएका छन् ।
भीमदत्त नगरपालिका–१८ सालघारीमा रहेको जस्तापाताले छाएको अस्थायी टहरा हावाहुरीले भत्किँदा टहरामा आश्रय लिइरहेका बर्दिया घर भएका गणेश चौधरी र हेलो चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
ऊनीहरु बजार क्षेत्रमा काम गरिरहेको लामा निर्माण सेवाका मजदुर हुन । गम्भीर घाइते गणेशलाई उपचारका लागि कैलालीको धनगढी लगिएको प्रहरीले जनाएको छ ।
गए रातिको हावाहुरीबाट कञ्चनपुरका अधिकांश ठाउँमा कच्ची टहरा र स्कुलका छाना भत्काएको छ ।