काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्री वीरेन्द्रप्रसाद महतोलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा नेपालको संविधानको धारा ८० बमोजिम उनलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
सोही समारोहमा प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’बाट नवनियुक्त राज्यमन्त्री प्रमिला कुमारीले नेपालको संविधानको धारा ८० बमोजिम पद तथा गोपनीयताको शपथ लिनु भएको हो ।