काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह विरुद्धको अदालतको अवहेलना मुद्दाको सुनुवाइ आज न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा हुँदैछ ।
आइतबार नभ्याउने सुचीमा रहेको बालेनको मुद्दा आज पेसि तोकिएको छ । आज उक्त रिटको सुनुवाइ पेसी सूचीको ७ नम्बरमा तोकिएको छ । अधिवक्ता वर्षाकुमारी झाले गएको शुक्रबार बालेनविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरेकी थिइन् ।
उच्च अदालत पाटनले सिनेमा हल सञ्चालकलाई हिन्दी फिल्मको प्रदर्शन नरोक्न महानगरविरुद्ध अन्तरिम आदेश जारी गरे लगत्तै बालेनले आफूले आदेश नमान्ने बताएका थिए ।